नेपाली विषयमा स्नातकोत्तर

परिचय

यस रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा नेपाली विषय पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह पढाउन्जेल यस क्याम्पसमा प्रवीणता प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तीन ओटै तहमा नेपाली विषय पढाइ हुँदै आएको थियो । प्रवीणता प्रमाण पत्र तथा स्नातक तहमा अनिवार्य र ऐच्छिक रूपमा नेपाली विषय पढाइ हुन्थ्यो । हाल त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह ‘फेज आउट’ गरेको परिप्रेक्ष्यमा यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा मात्र ऐच्छिक नेपाली विषय पढाइ  हुन्छ ।

स्नातक तह

स्नातक तहको पहिलो वर्षमा १०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय पढाइ हुन्छ भने पहिलो, दोस्रो र तेस्रो वर्षमा गरी ५०० पूर्णाङ्कको ऐच्छिक नेपाली विषय पढाइ हुन्छ । ऐच्छिक नेपाली विषय नलिई अरू नै विषय पढ्ने विद्यार्थी पनि कार्यमूलक पत्र अन्तर्गत नेपाली विषयकै ‘कार्यमूलक नेपाली पत्रकारिता’ विषयप्रति आकर्षित भएका छन् । स्नताक तह तेस्रो वर्षको परीक्षा दिइसकेपछि ऐच्छिक नेपाली विषय लिने विद्यार्थी मात्र होइन, अन्य विषय लिएर अध्ययन गरेका सबै विद्यार्थीहरू नेपाली विषय अन्तर्गतकै कार्यमूलक नेपाली पत्रकारिता विषयप्रति आकर्षित हुँदै आएका छन् ।

स्नातकोत्तर तह

यस क्याम्पसमा वि.सं. २०५३ सालमा स्नातकोत्तर तहमा नेपाली विषय पढाइ सुरु भएको   हो । रात्रि समूहमा कक्षा सञ्चालन हुने यस विषयमा  सुरुका वर्षदेखि नै उत्साहजनक सङ्ख्यामा विद्यार्थी भर्ना हुने गरेका छन् । वर्षे प्रणाली चलुन्जेल प्रत्येक वर्ष करिब १५० र त्यसभन्दा बढी विद्यार्थी भर्ना भई अध्ययन गर्थे ।

वर्षे प्रणालीको दोस्रो वर्षको दसौँ पत्रको प्रयोजनका लागि लेखाइने शोधपत्र तथा सृजनपत्रको स्तरीयता देखेर नै आफू यस क्याम्पसमा अध्ययन गर्न आएको विद्यार्थीहरूको भनाइ छ । यहाँ विषयवस्तुको गहिराइ, शोधपत्र लेखनमा पालन गर्नुपर्ने शोध विधि, लेखनका ढाँचा र शैलीमा अद्यावधि भई शोधपत्र लेखनमा विद्यार्थीलाई अभ्यास गराइन्छ । नेपाली विभागबाट गराइने यस किसिमको कार्यबाट पनि विद्यार्थी यसै क्याम्पसमा अध्ययन गर्न आकर्षित भएको उनीहरूको भनाइ छ ।

शैक्षिक वर्ष २०७४ साल (सन् २०१७)  देखि सत्र (सेमेस्टर) प्रणाली लागु भएपछि नेपाली विषयमा स्नातकोत्तर तह सञ्चालन भएका काठमाडौँ उपत्यकाका क्याम्पसमध्ये यस क्याम्पसमा सबैभन्दा बढी विद्यार्थी भर्ना भई अध्ययन गरिरहेका छन् । २०७४ को माघे सत्र (सन् २०१८) मा पनि करिब करिब ४० जना विद्यार्थीले यसै क्याम्पसमा अध्ययन गर्न भनी भर्ना फारम भरेका छन् ।

यस क्यम्पसमा नेपाली विषयमा स्नातकोत्तर तह सञ्चालन हुँदादेखि नै दक्ष तथा अनुभवी प्राध्यापकहरू संलग्न हुनुहुन्थ्यो । विद्यावारिधि गर्नुभएका प्राध्यापकहरूले विद्यार्थी मैत्री एवं प्रविधि मैत्री वातावरणमा सौहार्दपूर्ण ढङ्गले अध्यापन गराएर मन जित्न सफल भएकैले विद्यार्थीहरू यस क्याम्पसमा अध्ययन गर्न आउने गरेको स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी बताउँछन् ।

सेमेस्टर प्रणालीमा अध्यापन प्रक्रिया

सेमेस्टर प्रणालीमा भर्ना भएर पढ्ने प्रत्येक विद्यार्थीको छुट्टा छुट्टै फाइल बनाइने छ र प्रत्येक विद्यार्थीको हाजिरी तथा पढाइका गतिविधिको मूल्याङ्कन विवरण तयार पारिने छ । विद्यार्थीको हाजिरी,  दैनिक क्रियाकलाप, आवधिक पत्र लेखन तथा आन्तरिक मूल्याङ्कनलाई सक्रिय रूपमा लागु गरिने छ । यस आन्तरिक मूल्याङ्कनबाट ४० प्रतिशत अङ्कभार वहन हुने छ र ६० प्रतिशत अङ्कको बोर्ड परीक्षा  लिइने छ ।

मूल्याङ्कन प्रक्रिया

उपर्युक्त अनुसारको मूल्याङ्कन प्रक्रिया दुई प्रकृतिको हुने छ

(१)  आन्तरिक मूल्याङ्कन (२) सत्रान्त परीक्षा

आन्तरिक मूल्याङ्कन

आन्तरिक मूल्याङ्कनका लागि ४०% अङ्कभार छुट्याइएको छ । उक्त मूल्याङ्कन कार्य सम्पन्न गर्न निर्दिष्ट पाठ्यवस्तु अन्तर्गत रही विषय शिक्षकद्वारा निम्न आधारहरू अवलम्बन गरिने छ

उपस्थिति – ५ अङ्क

शिक्षण सिकाइमा सहभागिता- ५ अङ्क

पहिलो आन्तरिक मूल्याङ्कन- १० अङ्क

दोस्रो आन्तरिक मूल्याङ्कन- २० अङ्क

बाह्य परीक्षा

हरेक सेमेस्टरको अन्तमा त्रिभुवन विश्वविद्यालय, डिनको कार्यालयले ६० % अङ्कभारको सत्रान्त परीक्षा लिने छ ।

त्रिभुवन विश्वविद्यालयको यस क्याम्पसमा मानविकी सङ्कायका विषय मात्र पढाइ हुन्छन् । विगत केही वर्षदेखि अरू क्याम्पसमा भन्दा बढी विद्यार्थी भर्ना भई पढ्ने भएकाले यो क्याम्पस स्नातकोत्तर तहको नेपाली विषय पढाइ हुने केन्द्रीय क्याम्पस जस्तो देखिन पुगेको छ ।

सेमेस्टर प्रणालीमा पढाइ हुने पाठ्यक्रमको रुपरेखा

पहिलो सत्र

५५१ ऐतिहासिक तथा समाज भाषाविज्ञान (क्रे.आ. ३)

५५२ संस्कृत काव्यशास्त्र (क्रे. आ. ३)

५५३ पाश्चात्य समालोचना सिद्धान्त र नेपाली समालोचना (क्रे.आ. ३)

५५४ आधुनिक नेपाली निबन्ध र लोक साहित्य (क्रे.आ. ४)

५५५ आधुनिक नेपाली फुटकर कविता (क्रे.आ. ३)

जम्मा (क्रे.आ. १६)

दोस्रो सत्र

५५६ सामान्य भाषाविज्ञान (क्रे.आ. ३)

५५७ पाश्चात्य साहित्यका वाद र समालोचना पद्धति (क्रे.आ. ३)

५५८ पूर्व आधुनिक नेपाली साहित्य (क्रे.आ. ३)

५५९ आधुनिक नेपाली नाटक र चलचित्र सिदधान्त (क्रे.आ. ४)

५६० आधुनिक नेपाली खण्डकाव्य (क्रे.आ. ३)

जम्मा (क्रे.आ. १६)

 तेस्रो सत्र

५६१ आधुनिक नेपाली कथा (क्रे.आ. ३)

५६२ आधुनिक नेपाली महाकाव्य (क्रे.आ. ३)

५६३ साहित्येतिहास सिद्धान्त र नेपाली साहित्यको इतिहास लेखन (क्रे.आ. ३)

५६४ भाषिक अध्ययन परम्परा (क्रे.आ. ३)१

वा

५६५ नाटककार बालकृष्ण सम र उनका नाट्यकृति (क्रे.आ. ३)

वा

५६६ महाकवि लक्ष्मीप्रसाद देवकोटा र उनका कविताकृति

वा

५६७ नाटककार विजय मल्ल र उनका नाट्यकृति (क्रे.आ. ३)

वा

५६८ कवि मोहन कोइराला र उनका कविताकृति (क्रे.आ. ३)

५६९ शोध तथा सृजन विधि (क्रे.आ. ४)

जम्मा (क्रे.आ. १६)

चौथो सत्र

५७० आधुनिक नेपाली उपन्यास (क्रे.आ. ३)

५७१ पूर्वीय दर्शन र पाठ सम्पादन (क्रे.आ. ४)

५७२ भाषिक अध्ययनका प्रमुख पद्धति (क्रे.आ. ३)

वा

५७३ आख्यानकार विश्वेश्वर प्रसाद कोइराला र उनका आख्यान कृति (क्रे.आ. ३)

वा

५७४ आख्यानकार भवानी भिक्षु र उनका आख्यउन कृति (क्रे.आ. ३)

वा

५७५ आख्यानकार पारिजात र उनका आख्यान कृति

वा

उपन्यासकार ध्रुवचन्द्र गौतम र उनका उपन्यास (क्रे.आ. ३)

५७७ शोधपत्र लेखन (क्रे.आ. २+४=६)‍

वा

सृजनपत्र लेखन (क्रे.आ. २+४=६)‍

जम्मा क्रे. आ. १६

जम्मा क्रे. आ. १६+१६+१६+१६=६४

 

पुनश्चः पाठ्यांश ५६४ लिने विद्यार्थीहरूले पाठ्यांश ५७२ मात्र लिन पाउने छन् । पाठ्यांश ५६५ वा ५६६ वा ५६७ वा ५६८ लिने विद्यार्थीहरुले पाठ्यांश ५७३ वा ५७४ वा ५७५ वा ५७६ मध्ये कुनै एक पाठ्यांश लिन सक्ने छन् ।