अनुसन्धानात्मक लेख उपलब्ध गराउने सम्बन्धी सूचना

मिति ः २०७५।०१।०३

यस क्याम्पसबाट नियमित रूपमा प्रकाशित हुँदै आएको Humanities and Social Sciences Journal को दसौँ अङ्क (विज्ञ समीक्षित, Peer Reviewed) प्रकाशन गर्न लागिएको कुरा सम्पूर्ण प्राध्यापकहरूलाई सहर्ष जानकारी गराउँदै त्यस अङ्कका लागि आआफ्नो विषय क्षेत्रसँग सम्बन्धित अनुसन्धानात्मक लेख (Research Article) उपलब्ध गराउनु हुन अनुरोध गर्दछौं ।

लेख उपलब्ध गराउँदा निम्न कुराहरूमा ध्यान दिनु पर्ने छ
१. लेख अनुसन्धानात्मक हुनु पर्ने छ ।
२. सम्बन्धित विषय क्षेत्रको समसामयिक सन्दर्भसँग जोडिएको विषय वा समस्यासँग सम्बन्धित, प्राज्ञिक उन्नयन गर्ने खालको बौद्धिक एवम् मौलिक लेखलाई प्राथमिकता दिइने छ ।
३. लेख APA अनुसन्धान पद्धतिको ढाँचामा हुनु पर्ने छ ।
४. विषय सन्दर्भ अनुसार लेखमा नेपाली वा अङ्ग्रेजी भाषालाई माध्यम भाषाका रूपमा प्रयोग गर्न सकिने छ । नेपाली भाषाका लेखमा Preeti र अङ्ग्रेजी भाषाका लेखमा Times New Roman फन्टको प्रयोग गर्नु पर्ने छ ।
५. पूर्व प्रकाशित सामग्रीका पूर्ण वा आंशिक रूपलाई प्रकाशनार्थ योग्य मानिने छैन ।
६. लेखको एकप्रति A4 Size Paper को एकातर्फ छापिएको हाडकपी र एकप्रति soft copy पेनड्राइभ, सिडी वा यस क्याम्पसको इमेल info@ratnarajyalaxmicampus.edu.np मा पठाउनु पर्ने छ ।
७. समीक्षार्थ विज्ञ समक्ष पठाइएका लेख अस्वीकृत भएमा ती प्रकाशनका लागि स्वतः अयोग्य हुने छन् साथै लेख परिष्कार, परिमार्जन गर्नु पर्ने भएमा लेखक स्वयमलाई पठाइने छ र तोकिएको समयभित्र परिमार्जित लेख नआएमा सम्पादक मण्डल उक्त लेख प्रकाशन गर्न बाध्य हुने छैन ।
८ लेख बढीमा तिन हजार (३०००) शब्दसम्मको हुनु पर्ने छ ।
९ लेखको वैधानिकता तथा आधिकारिकताको जिम्मेवार लेखक स्वयम् हुनु पर्ने छ ।

लेखको साङ्गठनिक एकरूपताका लागि कम्तीमा निम्नानुसारको संरचनात्मक ढाँचा अवलम्बन गर्न लेखकहरूलाई अनुरोध गर्दछौँ ः
क. सार संक्षेप (Abstract)
ख. परिचय (Introduction)
ग. विधि (Method)
घ. सिद्धान्त वा अवधारणात्मक पर्याधार (Theory or Conceptual Framework)
ङ. विश्लेषण (Analysis)
च. निष्कर्ष (Conclusion)
छ. सन्दर्भ सामग्री (References)

लेख आइसक्नु पर्ने अन्तिम मिति  २०७५ जेठ मसान्तभित्र (समीक्षार्थ विज्ञ समक्ष पठाउनु पर्ने हुनाले तोकिएकै समयभित्र लेख पठाउनका लागि लेखकहरूलाई विशेष अनुरोध गरिन्छ ।)

सम्पर्कका लागि
प्रा. डा. बद्री विशाल भट्टराई    ९८४१५६४१३२
प्रा. रुद्र प्रसाद पौडेल           ९८४१३४६५७१
प्रा. डा. चक्रपाणि लुइँटेल     ९८४१३२९६५९
डा. डोलराज काफ्ले           ९८४१५३३५४३
उपप्रा. विष्णु प्रसाद ज्ञवाली     ९८४१९९३०००

Humanities and Social Sciences Journal Vol. 10 सम्पादन मण्डल, रत्न राज्यलक्ष्मी क्याम्पस

downloade Notice https://ratnarajyalaxmicampus.edu.np/wp-content/uploads/2018/04/RRCJnotice-1.pdf

Spread the love