रचनात्मक सप्ताह आरम्भ
फागुन ०८, रत्न राज्यलक्ष्मी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित रचनात्मक सप्ताह (२०७४ फागुन ८–१४) हर्षोल्लासका साथ आरम्भ भएको छ । आज कार्यक्रमका प्रमुख अतिथि तथा स्ववियुका पूर्व सभापति राजेन्द्र राईले रचनात्मक सप्ताहको समुद्घाटन गर्नुभयो । यसै क्रममा क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवाल, वर्तमान स्ववियु सभापति तपेन्द्र बहादुर शाही, पूर्व सभापति राजेन्द्र राईले आआफ्ना मन्तव्य राख्नु भयो । यसै अवसरमा शिक्षक, विद्यार्थी तथा कर्मचारीबिचको मैत्रीपूर्ण भलिबल खेल पनि सम्पन्न भयो । अबको एकहप्ता बिभिन्न विधाका खेल तथा कार्यक्रमहरु हुनेछन् । कक्षाकोठा, किताब तथा कापीको पृष्ठभूमिभन्दा भिन्न पृष्ठभूमिमा गरिने यस किसिमका रचनात्मक कार्यक्रमले विद्यार्थीमा रहेका अन्तर्निष्ठ प्रतिभा प्रष्फुटन गर्न तथा आपसी सम्बन्ध सुदृढ गर्दै सामूहिक भावनाको विकास गर्नका लागि उत्प्रेरणा प्रदान गर्दछन् । रचनात्मक सप्ताहले क्याम्पसको पारिवारिक तथा प्राज्ञिक सम्बन्धलाई अझ मजबुत बनाउने कुरामा क्याम्पस प्रशासन विश्वस्त रहेको छ ।