स्ववियुद्वारा अायेाजित पत्रकार सम्मेलनमा जारी प्रेस वक्तव्य

उपस्थित पत्रकार तथा सम्पूर्ण खेलप्रेमी साथीहरू ।
त्रिभुवन विश्वविद्यालय नेपालको जेठो विश्वविद्यालय भएको कुरा सर्वविदितै छ । यसले बर्सेनि हजाराँै संख्यामा शैक्षिक जनशक्ति उत्पादन गर्नुको साथसाथै खेलकुद क्षेत्रका हरेक विधामा राष्ट्रिय स्तरका खेलाडीहरू पनि उत्पादन गरी खेलकुदमार्फत् विश्वसामु राष्ट्रलाई चिनाउने कुरामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विगतका केही वर्षयता त्रिभुवन विश्वविद्यालयले उपकुलपति कप आयोजना गर्दै खेलकुदका विभिन्न विधामा रुचि राख्ने विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गरी उनीहरूलाई प्रोत्साहित गर्दैै आएको कुरा यहाँहरू समक्ष जानकारी गराउन चाहन्छाँै । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ आन्दोलनमा विद्यार्थी आन्दोलनको अग्रपङ्क्तिमा उभिने रत्न राज्यलक्ष्मी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन देशको राजनीति, सांस्कृतिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तनका लागि रचनात्मक रुपमा अग्रसर हुँदै आएको कुरा स्मरण गराउँदछौँ ।
अहिले आर.आर.स्ववियु त्रिभुवन विश्वविद्यालय उपकुलपति कप अन्तर क्याम्पस पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजनामा जुटेको छ । विगतमा पनि विभिन्न प्रतियोगितामा महत्वपूर्ण स्थान हासिल गरेको यस आर. आर. क्याम्पसले सयौँको सङ्ख्यामा खेलाडीहरू उत्पादन गरिसकेको छ ।  विगतका वर्षहरूमा पनि यस क्याम्पस स्ववियुले राष्ट्रव्यापी भलिबल प्रतियोगिताहरू सम्पन्न गरिसकेको छ । हामीलाई आशा छ, यस पटकको भलिबल प्रतियोगिता पनि यहाँहरूको सहयोगबाटै हामीले यो प्रतियोगिता  भव्यताका साथ सम्पन्न गर्ने सक्नेछाँै ।
नेपाल सरकारले भलिबल प्रतियोगितालाई राष्ट्रिय खेलको मान्यता दिएको भए पनि यसको व्यवसायिकतामा भने त्यति चासो दिएको देखिदैन । खेलाडीहरूको जीवनलाई जीविकोपार्जन गर्न पनि कठिन भैरहेको अवस्थामा आर. आर. क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालयभित्र रहेका विद्यार्थी खेलाडीहरूका बिचमा प्रतिस्पर्धा गराई सानो रकमको भए पनि नगद पुरस्कारको व्यवस्था गरेको छौँ । नगद पुरस्कार व्यवस्थापनमा हामीलाई विभिन्न क्षेत्रका दाताहरूले सहयोग गर्नु भएको छ । आशा छ, यसले सम्पूर्ण खेलाडीहरूमा हौसला प्रदान गर्दै खेलकुदको क्षेत्रलाई व्यवसायिकतातर्फ लैजान मद्धत गर्नेछ ।
भलिबल प्रतियोगितामा व्यवस्था गरिएको नगद पुरस्कार निम्नानुसार रहेको छ ः
प्रथम पुरस्कार रु ५०,०००।–
द्वितीय पुरस्कार रु ३०,०००।–
तृतिय पुरस्कार रु २०,०००।–
उत्कृष्ट खेलाडी रु ५,०००।–
साथमा सिल्ड, मेडल तथा प्रमाण प्रत्र प्रदान गरिनेछ ।

हामीले आयोजकको तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारीहरू सम्पन्न गरिसकेका छाँै ।
यस प्रतियोगितामा देशभरिका ठुला क्याम्पसहरूबाट २२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी क्याम्पसहरू ः
सुर्खेत शिक्षा क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, पि.एन. क्याम्पस पोखरा, सानोठिमी क्याम्पस भक्तपुर, कोटेश्वर बहुमुखी क्याम्पस कोटेश्वर, जया मल्टिपल क्याम्पस जोरपाटी, बानेश्वर क्याम्पस बानेश्वर, नेपाल कमर्श क्याम्पस मिनभवन, जनमैत्री क्याम्पस कुलेश्वर, महेन्द्र रत्न क्याम्पस ताहाचल, पाटन संयुक्त क्याम्पस पाटनढोका, सरस्वती क्याम्पस लेखनाथ मार्ग, अमृत साइन्स क्याम्पस लैनचौर, त्रिचन्त्र क्याम्पस घण्टाघर, विश्व विद्यालय क्याम्पस कीर्तिपुर, जनप्रशासन क्याम्पस बल्खु, शङ्कर देव क्याम्पस पुतली सडक, रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग, पत्रकारिता केन्द्रीय विभाग आर. आर., पशुपति बहुमुखी क्याम्पस चावहिल, पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुर, पब्लिक युथ क्याम्पस काठमाडौं ।

सम्पूर्ण सहभागी समूहहरूले समूहका लागि आवश्यक सम्पूर्ण व्यवस्था आफै गर्नु पर्नेछ ।
क्याम्पसभित्र वा खेल मैदानको १ किलो मिटर वरिपरिको क्षेत्रमा धुम्रपान, मद्यपान आदिको प्रयोग पूर्ण निषेध गरिएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेल सम्पन्न नहुनञ्जेलसम्मका लागि  सुरक्षा व्यवस्था मजवुत बनाइएको छ ।
प्रतियोगिमा उपस्थिति हुने दर्शक तथा समाचार सङ्कलन गर्न आउने पत्रकारहरूको लागि खेल मैदानको बाँयातर्फ बस्ने व्यवस्था गरिएको छ ।
खेलाडीहरूका लागि प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था खेल मैदानको दायाँपट्टि गर्ने गरी स्वाथ्य शिविर व्यवस्था गरिएको छ ।
क्याम्पसमा क्रियाशील संगठनका कार्यकर्ताहरु बिचबाट स्वयम् सेवक टोली तयार गरिएको छ, जसले खेल व्यवस्थित गर्न ठुलो मद्धत गर्नेछ ।

प्रतियोगिता सञ्चालन गर्न आवश्यक सल्लाह सुझावका लागि सल्लाहका समिति गठन गरिएको छ । उक्त समिति निम्नानुसारको छ ः
डा. निर्मलाकुमारी सुवाल, क्याम्पस प्रमुख, रत्न राज्यलक्ष्मी क्याम्पस
गंगाबहादुर थापा, कार्यकारी प्रमुख, त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय
प्रा. चिरञ्जिवी खनाल, प्रमुख, पत्रकारिता केन्द्रीय विभाग
विष्णु प्रसाद ज्ञावाली, प्रमुख, क्याम्पस विद्यार्थी कल्याण, रत्न राज्यलक्ष्मी क्याम्पस
कैलाश प्रधानाङ्ग, सभापति, प्रध्यापक संघ, रत्न राज्यलक्ष्मी क्याम्पस

प्रतियोगिताको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थराज खनियाद्वारा २०७४÷१२÷२६ गते बिहान ८ः०० बजे हुनेछ र २०७४।१२।३० गते बिहान १०ः०० बजे प्रतियोगिताको समापन कार्यक्रम  हुनेछ ।
धन्यवाद ।

तपेन्द्र बहादुर शाही
अध्यक्ष
स्वतन्त्र विद्याथी युनियन
रत्न राज्यलक्ष्मी क्याम्पस

Spread the love