स्ववियुले त्रिवि VC CUP भलिबल प्रतियोगिता गराउने

केही दिनअघि मात्र भव्यताका साथ रचनात्मक सप्ताह सम्पन्न गरेको रत्न राज्यलक्ष्मी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्विद्यालय भि.सी. कप अन्तर क्याम्पस राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । मिति २०७४ चैत २५ गते आरम्भ भई २९ गते समापन हुने उक्त प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका भलिबल टिमले सहभागिता जनाउने छन् । क्याम्पसको आफ्नै प्राङ्गणमा हुन लागेको प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्नका लागि अहिले स्ववियु परिवार तीव्र रुपमा लागि रहेको छ । प्रतियोगितामा सहभागी हुनका लागि विभिन्न क्याम्पसमा पत्राचार भइसकेको र पत्र प्राप्त नभएको भए पनि सहभागी हुन चाहने क्याम्पसहरुले रत्न राज्यलक्ष्मी क्याम्पस, स्ववियुमा सम्पर्क गरी तोकिएको शुल्क सहितको फारम भरी टिम दर्ता गर्न सक्नेछन् ।

सम्पर्कका लागि
तपेन्द्र बहादुर शाही (स्ववियु अध्यक्ष) ९८५१०९३९५०
श्रीकृष्ण उप्रेती (स्ववियु उपाध्यक्ष) ९८५१२४१९२६
नारायण शर्मा (स्ववियु सचिब) ९८५११८३९०३