शोकसभा सम्बन्धी सूचना

मिति २०७५।०१।०३

विगत लामो समयदेखि यस क्याम्पसमा अङ्ग्रेजी विषयको अध्यापन गरिरहनु भएका सहप्राध्यापक वीरबहादुर रानाको मिति २०७५।०१।०२ गते भएको असामयिक निधनले सिङ्गो क्याम्पस परिवार मर्माहत भएको छ । शोकको यस दुखद् घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने सामथ्र्य प्राप्त होस् भन्ने प्रार्थना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं । क्याम्पस परिवार सदस्य देहान्तको शोकको यस घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्न मिति २०७५।०१।०४ मङ्गलबार बिहान ९ः०० बजे शोकसभा राखिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै उक्त दिन सबै सत्रका नियमित पठनपाठनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको व्यहोरा सूचित गरिन्छ ।

क्याम्पस प्रमुख

Spread the love